गोरुबथान: गोरुबथानबाट नीम बस्ती हुँदै लाभा पास्टिङ,डुडखोला जाने वैकल्पिक बाटो बिगत एक महिना अघिदेखि बन्द थियो। विगतमा परेको हातमतीसुढे पानीले सुन्तले डुक्पेनी खोला छेउमा ठुलो ढिस्कना झरेर बाटो पुर्णरुपमा ठप भएको थियो। त्यसपछि यो वैकल्पिक बाटो भएर गाडी आउजाउ गर्न बन्द भएपछि यस बाटोसित संलग्न गाउँ बस्तीका मानिसहरू ठुलो मर्कामा परे। तर यो बाटो खोलाउने बारे कसैले पनि पहल नगरेपछि समाजसेवी रमेश हाङखिम तथा उनका सहयोगीहरूले आज सो ठाउँमा गई बाटो खोल्ने प्रयास गरे। दिनभरिको परिश्रमको फलस्वरुप बाइक छिर्नेसम्म बाटो खोलिएको जानकारी पनि रमेश हाङखिमले दिएको छ। सम्बन्धित विभागको ध्यानाकर्षण गराउँदै यथाशिघ्रै यो बाटो खोल्ने प्रबन्ध मिलाई दिने विशेष अनुरोध गरेका छन्।