कालचिनीः चियाबारी गाउँका स्कूले विद्यार्थीहरूलाई विशेषगरी मनोवैज्ञानिक रुपमा तिखार्न अनि सामाजिक सेवा र संस्कारतर्फ झुकाउन सहयोग फाउन्डेशनको पक्षबाट शनिबार साँझ मेचपाड़ा चियाबारीको १२ नम्बर लाईनमा पुगेर त्यहाँका आदिवासी स्कूले विद्यार्थीहरूलाई समेटेर इभनिङ कक्षा सम्पन्न गरियो। सो अवसरमा सहयोग फाउन्डेशनको सचिव पवन योल्मोको उपस्थिति रहेको थियो भने सो संस्थाका स्वयंसेवक एवम् कालचिनी इकोस्फेयरका निमेष लामा एवम् अन्यान्य सदस्यहरूले विद्यार्थीहरूलाई क्वीज प्रतियोगिता साथै बाल गीत सुनाएको थियो।
क्वीज प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरू सहयोग फाउन्डेशनको पक्षबाट स्कूल ब्याग साथै खाता कलम वितरण गरिएको थियो।
सहयोग फाउन्डेशनका सचिव पवन योल्मोले यो पहल गत महीनादेखि शुरु भएको र प्रत्येक चियाबारीको विद्यार्थीहरू समक्ष पुगेर इभनिङ कक्षा लिने काम साथै बच्चाहरूलाई शिक्षाप्रति प्रोत्साहित गर्ने उद्देश्य रहेको जनाएका छन्।










