सिलगढी: आज विश्व हात्ती दिवस। सिलगढी बेङ्गाल सफारी पार्कले हात्ती दिवसको अवसरमा एक सचेतना र्याली निकाल्यो। र्यालीमा लक्ष्मी र उर्मिला सहभागी थिए । यी हुन् लक्ष्मी र उर्मिला बंगाल सफारी पार्कका दुई हात्तीको नाम । प्लेकार्ड बोकेर र्यालीमा ठूलो संख्यामा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । आज हात्ती दिवसका अवसरमा दुवै हात्तीको पनि पूजा गरिएको छ । उल्लेखनीय छ, उत्तर बंगालमा हात्तीको मृत्यु र हात्ती-मानव द्वन्द्वका घटनाहरू भइरहेका छन्। मूलतः यो र्याली मानव हात्ती द्वन्द्व कम गर्ने उद्देश्यले आयोजना गरिएको हो ।










