बजबजमा दुई युवकको हत्या, आरोप तृणमूल नेतामाथि

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः उत्तर २४ परगनाको बजबज थाना अन्तर्गत सात नम्बर वार्डको खरिबेरिया क्षेत्रमा दुई युवकको हत्याको आरोप तृणमूलका बूथ अध्यक्ष असीम वैद्य र उनका समर्थकहरूमाथि लागेको छ। मृतकहरूको पहिचान गणेश नश्कर (४८) र महादेव पुरकाइत (४२) को रूपमा गरिएको छ। शुक्रवार राति यिनीहरूको रगतमा लतपत शव भेटिएको थियो।

अस्पताल लैजाँदा चिकित्सकहरूले यिनीहरूलाई मृत घोषित गरेका थिए। परिवारको तर्फबाट लिखित शिकायत पाइएपछि बजबज थाना पुलिसले अबेर राति छापा मारेर पाँच जनालाई पक्राउ गरेको छ। यद्यपि, तृणमूल नेता समेत अन्य आरोपितहरू फरार छन्। सूत्रहरू अनुसार, महादेव एक समयमा तृणमूल नेता आशीषको साथ जमीनको दलालीको काम गर्नेगर्थे। रूपियाँको लेनदेन लिएर दुवैबीच व्यक्तिगत शत्रुता शुरू भएको थियो। असीमले लगातार महादेवलाई हत्याको धमकी दिइरहेको थियो। उसको साथ छोड़ेपछि महादेवले माछा र मासुको कारोबार गरिरहेको थियो जबकि गणेश उलूबेरिया जूट मिलमा काम गर्थ्यो।

शुक्रवार राति १०.४५ बजी महादेव र उसका साथी गणेश घर फर्किरहेका थिए, त्यही अवधि पण्डित मैदान नजिक असीम र उसका समर्थकहरूले यिनीहरूलाई घेरेर धारिलो हतियारले हमला गरी फरार भए। घटनास्थलमै दुवैको मृत्यु भएको थियो। पुलिसले शनिवार शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ र आरोपितहरूको खोजी जारी छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement