सिलगढी: सिलगढीको भक्तिनगर पुलिस थानाले दुई छुट्टाछुट्टै चोरी मुद्दामा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरजित चक्रवर्ती, अमित प्रसाद, चन्दन बर्मन र गोपाल दास रहेका छन्।

सिलगढीको इस्कॉन मन्दिर रोड र दुर्गा नगर कालोनीमा दुई घरमा चोरीको घटना भएको हो। दुई घरबाट मोबाइल फोन, एटीएम कार्ड, विद्युतीय सामानलगायत धेरै सामान चोरी भएको छ। उजुरीका आधारमा पुलिसले अनुसन्धान थालेको छ। ४ जना पक्राउ परेका छन्। चोरीका सामान पनि बरामद भएको छ। पक्राउ परेकाहरूलाई शनिबार जलपाइगढी अदालतमा पठाइएको छ।










