गान्तोक। आज उत्तर सिक्किमको थाङ्गु (१३,०२० फिट) मा नि:शुल्क चिकित्सा शिविर एवं स्वच्छता अभियान आयोजन गऱ्यो। उक्त शिविर भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) को सीमान्त स्तर माउण्टेन बाइकिङ अभियान दलले गरेका थिए। डा. नार्गाजुन थोटा, एसएमओ एवं १३औं वाहिनीको चिकित्सा विभागका पदाधिकारीहरूले स्थानीय नागरिकहरूको स्वास्थ्य जॉंच गरे भने खॉंचोमा रहेका व्यक्तिहरूलाई नि:शुल्क औषधि पनि वितरण गरे। शिविरमा धेरै संख्यामा स्थानीय मानिसहरू भेला भएका थिए र शिविरबाट लाभ उठाए।
आईटीबीपीले यो अभियान भारतको ७५औं वर्षगॉंठ आजादीको अमृत महोत्सवको उपलक्ष्यमा आयोजन गरेको थियो। यस अभियानको उद्देश्य आम मानिसहरूमा पर्यावरण र स्वास्थ्यप्रति जागरूकता फैलाउनु रहेको बताइएको छ। अभियान अवधि बलका सदस्यहरूले युवाहरूलाई केन्द्रिय सशस्त्र पुलिस बलमा सामेल हुन प्रेरित गर्ने कार्य पनि गरे।
चिकित्सा शिविरको आयोजनपछि आईटीबीपी अभियान दलले स्वच्छता अभियानको पनि आयोजन गऱ्यो। यस अवधि फोहोर एकत्र गरेर निस्तारण गरियो। अभियान दलका सदस्यहरूले स्थानीय मानिसहरूलाई जताततै फोहोर मैला नफ्याक्न सुझाउ दिए। मानिसहरूलाई आफ्नो घरका साथै छेउछाउका ठाउॅंहरूलाई पनि सफा राख्न अपील गरियो। आईटीबीपी सीमान्त स्तर माउण्टेन बाइकिङ अभियानको शुरूवात १६ मईको दिन सीमावर्ती क्षेत्र केराङबाट गरिएको थियो। यस अभियानको समापन आगामी २५ मईको दिन राजधानीस्थित आईटीबीपीको क्षेत्रीय मुख्यालयमा पुगेर हुने बताइएको छ।