कोलकाताः राजधानी कोलकाताको विख्यात जादवपुर विश्वविद्यालयमा फर्स्ट ईयरको छात्रको छप्परबाट झरेर मृत्युलाई लिएर राजनीति गर्मिएको छ। यहीबीच कोलकाताको आरजीकर मेडिकल कलेज अस्पतालमा एक ट्रेनी डाक्टरको मृत्यु भएको छ। शुक्रवार राति १२.४० बजी उसको मृत्यु भयो।
विषको कारण उसको मृत्यु भएको दाबी गरिन्दैछ। मृत डाक्टरको नाम शुभ्रज्योति दास बताइएको छ। डाक्टर आरजीकर मेडिकल कलेजमा इन्टर्न गरिरहेको थिएन। १० अगस्तमा शुभ्र ज्योतिलाई अस्पतालमा भर्ती गराइएको थियो। शरीरमा विषको साक्ष्य भेटिएको छ। लगातार उपचार चलिरहेको थियो तर शुक्रवार उसको मृत्यु भयो। थाहा लागे अनुसार, गत धेरै दिनदेखि डाक्टर काममा गइऱहेको थिएन। अस्पतालमा पनि बस्नेगर्थेन। पुलिसले यसको जाँच शुरू गरेको छ। परिजनहरूले हत्याको आरोप लगाएका छन्।
-हिस










