स्वप्नदीपको मृत्यु मामिलामा जेयूका पूर्व छात्र पक्राउ

00-1-Rajya-Samachar-2

कोलकाताः जादवपुर विश्वविद्यालयको बांग्ला प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको अस्वाभाविक मृत्युको मामिलामा एक पूर्व छात्रलाई जादवपुर थानाको पुलिसले पक्राउ गरेको छ। उसको नाम सौरभ चौधरी हो। शुक्रवार अबेर सॉंझ उसलाई हिरासतमा लिएर सोधपुछ गरिएको थियो।

उसको बयानमा विसंगती पाइएपछि राति पक्राउ गरियो। शनिवार बिहान कोलकाता पुलिस सूत्रहरू उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। सौरभ गणितका छात्र थिए। उसले २०२२ मा एमएससी पास गरेका हुन्। तरै पनि उनी गत एक सालदेखि विश्वविद्यालयको होस्टेलमा बस्थे। विश्वविद्यालयको निमय अनुसार, कुनै पनि छात्र अन्य छात्रको अतिथि बनेर बस्न सक्छ। तर, सौरभ स्वयं आफ्नै गेस्ट बनेर बसिरहेका थिए। गत एक सालदेखि विश्वविद्यालयको होस्टेलमा उनी कसरी बसिरहेका थिए, यसलाई लिएर प्रश्न उठ्न थालेको छ।

विश्वविद्यालय प्रबन्धनले यस मामिलामा पुलिसलाई दिग्भ्रमित गर्न शुरू गरेको छ, जसपछि अझ धेरै पक्राउको तयारी शुरू गरिएको छ। स्वप्नदीपसॅंग ऱ्यागिङ्ग भएको आरोप छ। उनीसॅंग अप्राकृतिक सम्बन्ध बनाउने प्रयास गरिएको र उनले स्वीकार गरेपछि उनको हत्या गरिएको बताइएको छ। स्मरण रहोस, बुधवार राति स्वप्नदीप कुण्डू होस्टेलको छतबाट तल झरेका थिए। गम्भीर स्थितिमा उसलाई केपीसी अस्पतालमा भर्ती गरिएको थियो जहॉं बिहिवार बिहान उनको मृत्यु भयो। मुख्यमन्त्री ममता ब्यानर्जीले स्वप्नदीपका पितासॅंग कुरा गरेर दोषीहरू विरूद्ध कड़ा कारबाहीको आश्वासन दिएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement