कोलकाताः पश्चिम बंगालको उत्तर २४ परगना जिल्लासॅंग जोडिएको भारत-बांग्लादेश सीमामा तैनात बीएसएफले चॉंदीको परत चढ़ाइएको सूनको तस्करीलाई विफल गरिदिएको छ।
शनिवार केन्द्रिय अर्द्धसैनिक बलद्वारा जारी बयानमा भनिएको छ, सीमा चौकी पेट्रापोलमा एक बांग्लादेशी यात्रीलाई सूनको कडाका साथ पक्राउ गरियो। यसको वजन ९८.२०० ग्राम छ भने बजारमा यसको मूल्य ५ लाख ७६ हजार रूपियॉं छ। तस्करको नाम मोहम्मद इस्लाम बताइएको छ र उनी बांग्लादेश निवासी हुन्। बीएसएफलाई झुक्याउन उनले सूनको कडामा चॉंदीको परत चढाएका थिए। उनले आफु एक व्यापारी रहेको र कोलकाताको न्यू मार्केटमा लुगा किन्न आउने जाने गरेको बताएका छन्।
-हिस










