इन्स्टाग्रामबाट कमाईको मामिलामा रोनाल्डो शीर्षमा, कोहली पनि सामेल

IMG-20230812-WA0185.jpg

१२ अगस्तः भारतीय क्रिकेट टीमका स्टार ब्याटर विराट कोहलीले गत केही सालमा आफ्नो कप्तानी गुमाएका छन् तर उनी अहिले पनि टीमका सबैभन्दा लोकप्रिय खेलाड़ी हुन्। इन्स्टाग्राममा उनको लोकप्रियता र ब्राण्ड भ्याल्यू लगातार बढ़िरहेको छ। यस साल उनी इन्स्टाग्रामबाट सर्वाधिक कमाई गर्ने भारतीय हुन्। एउटा रिपोर्ट अनुसार, कोहलीले २०२३-मा इन्स्टाग्राममा प्रमोशनल पोस्टको निम्ति १४ करोड़ रुपियाँ चार्ज गरे। यस सूचीमा दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन् अनि दोस्रो स्थानमा उनकै कट्टर प्रतिद्वन्द्वी लियोनल मेस्सी रहेका छन्। रोनाल्डोले इन्स्टाग्राममा हरेक पोस्टको निम्ति ३.२३ मिलियन अमेरिकी डलर अर्थात लगभग २६.७५ करोड़ रुपियाँको भारी रकम पाउँछन्। मेस्सीले पनि हरेक पोस्टको निम्ति २.५६ मिलियन अमेरिकी डलर (२१.४९ करोड़ रुपियाँ) पाउँछन्। तेस्रो स्थानमा सेलेना गोमेज (२.५८ मिलियन अमेरिकी डलर) र चौथो स्थानमा काइल जेनर (२.३८ मिलियन अमेरिकी डलर) रहेकी छन्।
यस सूचीमा विराट कोहली शीर्ष २०-मा सामेल एकमात्र भारतीय हुन्। रिपोर्ट अनुसार, कोहलीले इन्स्टाग्राममा हरेक पोस्टको निम्ति १.३८ मिलियन अमेरिकी डलर चार्ज गर्छन्। यसरी उनलाई एउटा पोस्टबाट ११.४५ करोड़ रुपियाँको कमाई हुन्छ। यस समय इन्स्टाग्राममा कोहलीको २५६ मिलियन फलोअर्स रहेका छन्। हपर एचक्यू-को तर्फबाट यो रिपोर्ट जारी गरिएको छ। यस सूचीमा भारतीयहरूमा बलिवुड अनि हलिवुड अभिनेत्री प्रियंका चोपड़ा जोनास २९औं स्थानमा रहेकी छन्। उनले हरेक पोस्टबाट ५३२,००० अमेरिकी डलर (लगभग ४.४० करोड़ रुपियाँ) कमाई गर्छिन्। इन्स्टाग्रामबाट सर्वाधिक कमाई गर्ने खेलाड़ीहरूमा ब्राजीलका स्टार फूटबलर नेमार र बास्केटबल दिग्गज लेब्रोन जेम्स पनि सामेल छन्। नेमार जूनियरले इन्स्टाग्राममा हरेक पोस्टबाट लगभग ९.४४ करोड़ रुपियाँ कमाई गर्छन्। यसरी लेब्रोन जेम्सले लगभग ७.०४ करोड़ रुपियाँ पाउने गर्छन्।

About Author

Advertisement