१२ अगस्तः पाकिस्तान क्रिकेट बोर्डलाई आउँदो आईसीसी वनडे वर्ल्ड कपको निम्ति आफ्नो माग खारेज हुँदा ठूलो झट्का लागेको छ। वास्तवमा पाकिस्तान क्रिकेट बोर्डले आफ्नो पुरुष क्रिकेट टीमको निम्ति आईसीसी वर्ल्ड कपको अवधि अतिरिक्त सुरक्षाको माग गरेको थियो, जसलाई भारत सरकारले खारेज गऱ्यो। विदेश मन्त्रालयले टुर्नामेण्टको अवधि पाकिस्तान सहित सबै टीमहरूलाई भारतमा उनीहरूका प्रवासको अवधि एकसमान सुरक्षा प्रदान गरिने पुष्टि गऱ्यो। २०१६-मा टी२० वर्ल्ड कप खेलेको ७ वर्षपछि पाकिस्तानको क्रिकेट टीम भारतमा खेल्न आइरहेको छ। बाबर आजमको कप्तानीमा रहने टीमलाई गत हप्ता वर्ल्ड कपको निम्ति भारत यात्रा गर्ने अन्तिम पुष्टि हासिल भयो। पाकिस्तानले वर्ल्ड कपमा आफ्नो अभियानको शुरुवात ६ अक्टोबरमा नीदरल्याण्ड विरुद्ध गर्नेछ। त्यसपछि पाकिस्तानले १४ अक्टोबरको दिन अहमदाबादमा भारतको चुनौती स्वीकार्नेछ। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भने, पाकिस्तान क्रिकेट टीमको साथ आईसीसी वर्ल्ड कपमा हिस्सा लिने अन्य देशहरूका टीम जस्तै व्यवहार गरिनेछ। हामी पाकिस्तान मात्र नभएर वर्ल्ड कपमा हिस्सा लिने सबै टीमलाई आवश्यक सुरक्षा प्रदान गर्ने सुनिश्चित गर्नेछौं। यो एउटा क्रिकेट टुर्नामेण्ट हो, कुनै युद्ध होइन।









