अब शाकिब अल हसनले गर्ने बंग्लादेशको कप्तानी

IMG-20230812-WA0171.jpg

१२ अगस्तः शाकिब अल हसनले सेप्टेम्बरमा हुने एशिया कप र त्यसपछि अक्टोबर-नोभेम्बर महिना हुने क्रिकेट वर्ल्ड कपमा बंग्लादेश वनडे क्रिकेट टीमको कप्तानी गर्नेछन्। बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-का अध्यक्ष नजमुल हसनले यस खबरको पुष्टि गरेका छन्। नजमुलले भने, सीनियर अलराउण्डर शाकिबलाई एशिया कप र वर्ल्ड कपको निम्ति कप्तान बनाइएको छ। वर्ल्ड कप र एशिया कपको निम्ति टीमको घोषणा चाँड़ै गरिनेछ। चयनकर्ताहरूले १७ सदस्यीय टीम चयन गर्नेछन्। उल्लेखनीय छ, तीन अगस्तमा तमीम इकबालले कप्तानी छोड़ेपछि यो पद खाली रहेको छ। नजमुलले यसअघि शाकिबसँग लामो अवधिको निम्ति टीमको कप्तानी गर्ने विषयमा कुराकानी नभएको अनि लंका प्रीमियर लीगबाट फर्किएपछि उनको उपलब्धताबारे स्पष्ट भएर मात्र कुनै घोषणा गर्ने बताएका थिए। शाकिब वर्तमानमा बंग्लादेशको टेस्ट र टी२० कप्तान हुन्। उनले यसअघि वनडे क्रिकेटमा पनि बंग्लादेश टीमको कप्तानी गरेका थिए। बंग्लादेशले २०११ वर्ल्ड कप शाकिबकै कप्तानीमा खेलेको थियो अनि टीमले त्यस समय १४ वटा टीमहरूको टुर्नामेण्टमा नवौं स्थान हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement