१२ अगस्तः एशियन च्याम्पियन्स ट्रफीमा भारतीय हकी टीमसँग फेरि एकपल्ट इतिहास रच्ने मौका रहेको छ। तीनपल्टको च्याम्पियन भारतले टुर्नामेण्टको २०२३ संस्करणको सेमिफाइनलमा जापानलाई पराजित गरी फाइनलमा स्थान बनाएको छ। फाइनलमा भारतको भिड़न्त मलेशियासँग हुनेछ। फाइनल म्याचमा जीत हासिल गर्न सके भारत यस टुर्नामेण्टको इतिहासमा सर्वाधिकपल्ट खिताब जित्ने टीम बन्नेछ। शुक्रवार राति चेन्नईमा खेलिएको सेमिफाइनलमा भारतले जापानलाई ५-०-ले पराजित गऱ्यो। हजारौंको संख्यामा उपस्थित घरेलु समर्थकहरू अघि खेल्दै भारतले म्याचको शुरुदेखि नै जापानमाथि दबाउ सृष्टि गऱ्यो। म्याचमा भारतीय टीमबाट आकाशदीप सिंह (१९औं मिनट), कप्तान हरमनप्रीत सिंह (२३औं मिनट), मनदीप सिंह (३०औं मिनट), सुमित (३९औं मिनट) र सेल्वम कार्ति (५१औं मिनट)-ले गोल गरे।
अब शनिवार राति खेलिने फाइनलमा भारतको भिड़न्त मलेशियासँग हुनेछ। मलेशियाले पनि यस टुर्नामेण्टमा ६-मा ५ वटा म्याच जितेर फाइनलमा स्थान बनाएको छ। यी दुई टीमबीच फाइनल राति ८.३० बजीदेखि शुरु हुनेछ। उल्लेखनीय छ, भारतले २०११, २०१६ र २०१८-मा खिताब जितेको थियो। यसरी पाकिस्तानले पनि तीनपल्ट खिताब जितेको छ। अब भारतले शनिवार खिताब जित्न सके पाकिस्तानलाई पछि छोड़ेर इतिहास रच्नेछ।










