गोरुबथान (महेश्वर प्रधान): माल बस्ती डायमण्ड क्लबको तत्वावधानमा प्रतिवर्ष नै समपन्न हुने स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनल हिजो खेलियो।पहिलो सेमीफाइनल खेल रिनो एफ सी बनामएस टी ब्रदर्स रांगामाटीमाझ समपन्न भएको थियो। खेलको मध्यान्हसम्म दुवै टीमले एक एक गोल गरे। खेल अवधि अविरल वर्षाको कारण खेललाई केहीक्षण स्थगित गरियो। तर अबिरल वर्षा लगातर रुपमा परेको हुँदा दुवै टीमलाई निर्णायकले ट्राई ब्रेकरको माध्यमबाट फैसला गर्ने निधो गरे। ट्राई ब्रेकरको माध्यमबाट एस टि ब्रदर्स रांगामाटीले एकको विरुद्ध चार गोल दागेर फाइनलमा प्रवेस गर्न सफल भएको छ।

दोस्रो सेमीफाइनल १३ अगस्तको दिन कुवापानी एफसी बनाम सत्यज्योति संघ बुडीखोलामाझ हुनेछ। पहिलो सेमीफाइनल खेलको निर्णायकहरुमा क्रमैले उमेश शर्मा, अलप राई र राजेश थापा थिए। चौथो निर्णायकको रुपमा राजु घिमिरे थिए। पहिलो सेमीफाइनल मेन अफ द म्याच रांगामाटी एस टि ब्रद्रसको गोलकिपर अजयलाई चयनीत गरियो। पदम राईको बाहुलीबाट मेन अफ द म्याचको ट्रफी प्रदान गरियो।









