अहमदाबाद: अहमदाबादको बावला-बगोदरा हाइवेमा भएको भीषण सड़क दुर्घटनामा परी १० जना मानिसहरूको मृत्यु भयो जसमा ५ महिला, ३ बालक र २ पुरूष सामेल छन्। यस दुर्घटनामा अन्य १० जना मानिसहरू घाइते भएका छन्।
मालवाहक टेम्पोमा सवार मानिसहरू चोटिलास्थित माता चामुण्डाको दर्शन गरेर फर्किरहेका थिए। घटनाको जानकारी पाउनसाथ स्थानीय पुलिस प्रशासन एवं एम्बुलेन्स घटनास्थलमा पुगेर बचाउ कार्यमा जुट्यो।
अहमदाबाददेखि लगभग ५० किलोमीटर टाड़ामा अवस्थित बावला-बगोदरामा सड़क किनारमा राखिएको ट्रकसित उक्त मालवाहक टेम्पो ठोक्किएर दुर्घटनाग्रस्त भयो। कपडवंज र बालासिनोरका १७ जना मानिसहरू मालवाहक टेम्पोमा सवार भएर सुरेन्द्रनगरको चोटिलास्थित चामुण्डा माताको दर्शन गर्न गएका थिए। दर्शन गरेपछि फर्किने क्रममा यो दुर्घटना भयो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भयो। अन्य १० घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ती गरिएको छ। पुलिसले शवहरूलाई कब्जामा लिएर पोस्टमर्टमको प्रक्रिया शुरू गरेको छ।








