बुर्तुक सरकारी महाविद्यालयको प्रतिनिधिमण्डलद्वारा राज्यपालसॅंग भेट

n5272641721691778403262bb97d0d01191c1e6f64d57d45e647e4725817f709bad5a9c77d095989368bc8b.jpg

गान्तोक: सिक्किम सरकारी महाविद्यालय, बुर्तुककी प्राचार्य डा. एलएम उप्रेतीको अगुवाईमा आज महाविद्यालयका संकाय सदस्यहरूले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा भेट गरे।

यस भेट अवधि महाविद्यालयका प्रयासहरू र समग्र शिक्षाप्रति प्रतिबद्धताको बारेमा चर्चा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

महाविद्यालयका प्राचार्य डा. उप्रेतीले राज्यपाललाई महाविद्यालयको असाधारण यात्राको बारेमा जानकारी गराइन्। उनले महाविद्यालयमा कन्या विद्यार्थीहरूको प्रवेशमा वृद्धि, शिक्षामा समावेशीता र सशक्तिकरण प्रवर्द्धनमाथि पनि प्रकाश पारिन्। उनले केन्द्र सरकारका विभिन्न कार्यक्रमहरू, विशेषगरि एक भारत श्रेष्ठ भारतमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहने गरेको बताइन्।

राज्यपाल आचार्यले समग्र विकासको दिशामा महाविद्यालयकी प्राचार्य र संकाय सदस्यहरूको प्रयासको सराहना गरे। उनले नैतिक शिक्षाका साथै विद्यार्थीहरूमा राष्ट्रिय सम्बन्धको भावना जगाउन बल दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement