पाकिम: पाकिमको सन्त जेभियर्स स्कूलको खेलमैदानमा जारी ७७औं स्वतन्त्रता दिवस नकआउट फुटबल टुर्नामेन्ट क्वार्टर फाइनल चरणमा प्रवेश गरेको छ। आज कुल तीन म्याच प्रस्तावित थियो भने पाकिम युनाइटेड एससीको अनुपस्थितिमा ब्रदरवुड एफसीले वकओभर पाएर सेमिफाइनलमा प्रवेश गऱ्यो।
यसैगरी, दोस्रो खेलमा मुनाल एफसी, कोलकातालाई ३-२ गोलले हराएर जेवीसी सिङताम सेमिफाइनलमा प्रवेश गऱ्यो। तेस्रो म्याचमा दलसिंहपाडा एसएलाई ७-१ गोलले हराएर पाकिम जिल्ला पुलिस अर्को चरणमा प्रवेश गर्न सफल बन्यो।
पाकिम स्पोर्टिङ क्लबले आयोजना गरिरहेको उक्त प्रतियोगितामा आज सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती मुख्य अतिथि थिए।









