गान्तोक: आगामी १५ अगस्तको दिन पालन गरिने ७७औं स्वतन्त्रता दिवस तयारीलाई लिएर मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक समीक्षा सभा सम्पन्न भयो। मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभामा पुलिस अधिक्षक सोनम देच्छु भोटिया, महकुमा अधिकारी लगायत विभागका प्रमुखहरूले पनि उपस्थिति जनाएका थिए। उक्त सभामा विशेष गरेर पहिलो सभामा छलफल गरिएका विषयबस्तुमाथि सबैले प्रकाश पार्दै तयारीबारे सबैले आ-आफ्नो सुझाउ राखे। यसरी नै पहिलो सभामा दिएका कामका जिम्मेवारहरूको प्रगति लगायत अन्यबारेमा पनि छलफल गरियो। सभामा उत्कृष्ट सम्मानका लागि पुरस्कृत गर्ने विषयमा पनि छलफल भएको थियो र मनोनित व्यक्तिहरूलाई समारोहमा आमन्त्रित गरिनेबारे सभामा कुरा उठान गरियो।