वीर गोर्खालाई पैसामा विक्री हुने बनाए, पहाडको यस्तो स्थिति मैले आजसम्म देखेको थिइन: अजय एडवर्ड

IMG-20230811-WA0364.jpg

दार्जीलिङ: वीर गोर्खालाई पैसामा बिक्री हुने बनाएको छ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले बताएका छन्। पञ्चायत चुनावमा निर्वाचित सदस्यहरूलाई ग्राम पञ्चायतको बोर्ड गठन गर्ने राज्य सरकारले आज अन्तिम मिति तय गरेका छन्। जसको फलस्वरूप आज खरसाङको चिमनी देवराली ग्राम पञ्चायतमा हाम्रो पार्टीले बोर्ड गठन गरेको छ। बोर्ड गठनको प्रक्रियामा अंश ग्रहण गर्न आएका हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले मिडियासंगको कुराकानीमा पहाडको वर्तमान राजनैतिक स्थिति जो छ,यस्तो स्थिति आजसम्म मैले कहिले देखेको थिइन। उनले अघघि भने, मैले चालिस सालको कुरा गर्ने गर्थे तर आजको जो स्थिति छ, यस्तो स्थिति मैले मेरो जीवनमा कहिले पनि देखेको थिइन। सुवास घिसिङको शासनकालमा पनि यस्तो थिएन अनि विमल गुरूङको शासनकालमा पनि यस्तो स्थिति थिएन साथै त्यस भन्दा अघिका दिनहरूमा पनि मैले यस्तो स्थिति देखेको थिइन। पहाडको जनतालाई भेडा बाख्रा जस्तै किनबेचको कार्यहरू भागोप्रमोले गर्दै आईरहेको छ। जनादेश समेतलाई रूपियाँ पैसासंग जोख्ने काम गर्दै आईरहेको छ। उनले अझ भने, ‘भागोप्रमोले दार्जीलिङ नगरपालिकाको निर्वाचित नगरपार्षदहरूको किनबेच कार्यदेखि लिएर जीटीए सभाको चुनावपछि सभासदहरूलाई किन्ने समेत काम गरेको थियो। तर अहिले आएर पञ्चायत चुनावमा समेत उनीहरूले यस्तै हत्काण्डहरू अप्नाउँदै आईरहेको छ। विश्वले गोर्खालाई वीर गोर्खा भनेर चिन्ने गर्छन् तर यिनीहरूले वीर गोर्खालाई पैसामा बिक्री हुने रहेछ भन्ने बनाएका छन्। यो हामी समस्त गोर्खा जातिको निम्ति शर्मको विषय हो।’
खरसाङको चिमनी देवराली ग्राम पञ्चायतको चुनावमा गठबन्धनले उम्मेद्वारहरू खडा गरेका थिए अनि विमल तामाङ हाम्रो पार्टीको कमर्ठ कार्यकर्ता हो तर उनलाई भाजपाको टिकटमा चुनावी मैदानमा उतारेका थिए।भाजपाको टिकटमा चुनावी मैदानमा ओर्लिए भनेर उनीलाई धेरै प्रकारको डर र धम्की देखाउने कार्यहरू भएको थियो तर हाम्रो पार्टी भाजपा जस्तो डर र धम्कीसंग डराउने पार्टी होइनौं अध्यक्ष एडवाडर्सले भने। तिनले अझ भने हिज बिहीबार मिरिकमा बोर्ड गठन गरी सकेको निर्वाचित सदस्यलाई अपहरण गरे जस्तो प्रकारको कार्य गरेको थियो,त्यसको विरोध गर्दा दुईजना समर्थकहरूमाथि प्राण घातक आक्रमण गरेको थियो। एकातिर शान्ती श्रृंखलाको कुरा गर्छ तर अर्कोतिर यस्तो घृणित कार्यहरू गर्दै हिँडछन्। यो उचित भएन अध्यक्ष एडवाडर्सले भने। तिनले अझ भने चिमनी देवराली ग्राम पञ्चायत खरसाङ क्षेत्रमा उनीहरूको विरोधमा उठेको छ। यहाँको निर्वाचित सदस्यहरू रूपियाँ पैसामा बिक्री भएन।त्यसरी नै मिरिकमा पनि बोर्ड गठन गरेको छ,त्यसै गरी पहाडको धेरैवटा ग्राम पञ्चायतहरूमा बोर्ड गठन गरेको छ। सबैजना रूपियाँ पैसामा बिक्री हुने हुँदैन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement