दार्जीलिङ २ ग्राम पञ्चायतमा संयुक्त गोर्खा गठबन्धनले गरयो बोर्ड गठन

IMG-20230811-WA0358.jpg

यो जीत समस्त जनताको जीत हो: जितेन राई

दार्जीलिङ: दार्जीलिङ २ ग्राम पञ्चायतको बोर्ड संयुक्त गोर्खा गठबन्धनले गठन गरेको छ। गत केही सप्ताह अघि सम्पन्न भएको पञ्चायत चुनावमा पहाडको धेरैवटा ग्राम पञ्चायतहरूमा संयुक्त गोर्खा गठबन्धनले जीत हाँसिल गरेको छ। यसै क्रममा संयुक्त गोर्खा गठबन्धन दार्जीलिङ २ ग्राम पञ्चायतको बोर्ड गठन गर्न सफल भएका छन्। आज संयुक्त गोर्खा गठबन्धनको सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टी,भाजपा अनि निर्दलीय निर्वाचित सदस्यहरूले दार्जीलिङ २ ग्राम पञ्चायतको बोर्ड गठन गरेको छ।आजको सभामा निर्वाचित सबै सदस्यहरूले विष्णु सुब्बालाई प्रधान अनि उप प्रधान साजन राईलाई मनोनित गरेको छ। उपस्थित सभालाई सभासद जितेन राईले सम्बोधन गर्ने क्रममा यो जीत संयुक्त गोर्खा गठबन्धनको मात्र जीत होइन सम्पूर्ण जनताको जीत रहेको बताए। सभासद राईले यस क्षेत्रका मतदाताहरूले संयुक्त गोर्खा गठबन्धनमाथि जो आशा र भरोसा राखेर उनीहरूको बहुमूल्य मत प्रदान गरेर विजयश्रीको माला लगाएका छन् साथै जिम्मेदारी सुम्पिएको छ, त्यसलाई निर्वाचित प्रधान, उप प्रधान साथै सदस्यहरूले इमान्दारिता पूर्वक पालन गर्नेछ भन्ने आफु आशावादी रहेको सभासद राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement