दार्जीलिङ: दार्जिलिङको लेबोङ भ्याली १ ग्राम पञ्चायतको बोर्ड हाम्रो पार्टीले गठन गरेको छ। लेबोङ भ्याली १ ग्राम पञ्चायतको निर्वाचित आठजना सदस्याहरूको सभा सम्पन्न भयो।आयोजित सभामा क्षेत्रीय सभासद जितेन राई विशेष रूपमा उपस्थित थिए। त्यसरी नै अन्य दलको नेतृत्वहरूको उपस्थिति पनि रहेको थियो। बैठकमा निर्वाचित सदस्याहरूले ज्योति तामाङलाई प्रधान अनि प्रनिला राईलाई उप प्रधान चयन गरेको छ। लेबोङ भ्याली १ ग्राम पञ्चायतको आठवटा आशनहरूमध्ये पाँचवटा आशनहरूमा हाम्रो पार्टीले जीत हाँसिल गरेको छ भने अन्य तीनवटा आशनहरूमा गोजमुमो, निर्दलीय उम्मेद्वारहरूले जीत हाँसिल गरेको छ। हाम्रो पार्टीको बोर्डलाई गोजमुमो साथै निर्दलीय निर्वाचित सदस्यहरूले पनि समर्थन जनाएका छन्। सभामा चयन गरिएको प्रधान अनि उप प्रधान लगायत सम्पूर्ण सदस्यहरूलाई बोर्ड गठनको निम्ति बधाई र शुभकामना क्षेत्रीय सभासद जितेन राईले दिएका छन्। यस अवसरमा सभासद राईले निर्वाचित सदस्यहरूद्वारा गठन गरिएको ग्राम पञ्चायत बोर्डले स्थानीय बासिन्दाहरूको समस्याहरूलाई इमान्दारितापूर्वक समाधानको दिशामा काम गर्नेछ भन्ने आफु आशावादी रहेको तिनले बताए। उनले भने, प्रधान, उप प्रधान साथै सदस्याहरूले आ आफ्नो जिम्मेदारीलाई इमान्दारितापूर्वक पालन गर्नेछ भन्ने आफुलाई पूर्ण भरोसा रहेको छ।