सिलगढीको महाबीरस्थानमा व्यवसायी तथा स्थानीयहरूद्वारा क्षोभ प्रकट

FB_IMG_1691773791464.jpg

सिलगढी: सिलगढीको महाबीरस्थानमा पार्किङ समस्या, जामको समस्या, रुपियाँ दिएर अवैध रूपमा दोकान थापेको आरोप लगाउँदै आज त्यहाँका व्यवसायी तथा स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे।यस घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। दीर्घदिनदेखि सहरवासी पार्किङको समस्यासित जुझिरहेका छन्। यस्तो स्थितिमा सडक किनारमा ससाना दोकानहरू थाप्ने गरेकोले गर्दा समय-समयमा मानिसहरू घण्टौँसम्म ट्राफिक जाममा बस्नुपरेको बताइएको छ। यसले गर्दा त्यहाँको स्थिति निक्कै खराब रहेको छ। सिलगढी थानादेखि केही दूरीमा महाबीरस्थान बजार रहे तापनि त्यहाँको ट्राफिक व्यवस्था बेहाल अवस्थामा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement