रुपियाँ ठगिरहेको आरोपमा सिलगढीबाट ८ महिला पक्राउ

IMG-20230811-WA0272.jpg

सिलगढी: सिलगढीमा कल सेन्टरको नाममा चलिरहेको फ्रेन्डशिप क्लबको सिलगढी मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसले पर्दाफास गरेको छ।यसको साथै ८ जना महिलालाई पनि पक्राउ गरेको छ। फ्रेन्डशिप क्लबको नाममा मानिसहरूलाई ठगेको तिनीहरू विरूद्ध आरोप रहेको छ।प्राप्त जानकारी अनुसार सिलगढीको मिलनमोड़स्थित एउटा घरमा फ्रेन्डशिप क्लबको नाममा मानिसहरूलाई ठगिरहेको खबर पाएपछि प्रधान नगर थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर फ्रेन्डशिप क्लब चलाएको आरोपमा ८ जना महिलालाई पक्राउ गरेको बताइएको छ।

पक्रा पर्ने महिलाहरूमा कुमारी सिंह (२८), फातमा खातून (२६), गायत्री छेत्री (३३), फुलन सिंह (२६),नम्रता गोले (२८), सुजाता सिंह (२६), अनिशा घोष (२६), राखी साहा (३०) सामेल छन्। पुलिसले आज ती सबैजना पक्रा परेका आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले चलाएको अभियान अवधि सो बिल्डिङको विभिन्न कोठाबाट मोबाइल सिम कार्डका प्याकेटहरू, मानिसहरूबाट लिएको रूपियाँ-पैसाको लेखाजोखा गरेको कपी लगायत अन्य केही महत्वपूर्ण कागज-पत्रहरू पनि फेला पारेको छ।

उल्लेखनीय रहोस, सिलगढी शहरको गल्ली-गल्लीमा किरायको घरमा अवैध कल सेन्टर तथा फ्रेन्डशिप क्लबको नाममा मानिसहरूलाई ठग्ने गरेको, यौन व्यवसाय तथा कालो बजार चलिरहेको कुरा प्रकाशमा आएपछि पुलिसले लगातार यस विरूद्ध अभियान चलाए पछि यहाँ यस्ता फ्रेन्डशिप क्लबको संख्या धेरै कम्ती भएको थियो भने फ्रेन्डशिप क्लबको नाममा उक्त धन्दा फेरि बिस्तारै मौलाएर गइरहेको उक्त घटनाले स्पष्ट भएको छ। अर्कोतिर, उक्त फ्रेन्डशिप क्लबको मास्टर माइन्डको रूपमा तीन जना व्याक्तिको नाम प्रकाशमा आएपछि पुलिसले तिनीहरूको खोजी शुरू गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement