मिरिक: मिरिक पञ्चायत समितिमा संयुक्त गठबन्धन दलले बोर्ड गठन गरेको छ। मिरिक खण्ड विकास कार्यालयमा आज शुक्रबार बोर्ड गठन प्रक्रियामा संयुक्त गठबन्धन दलसित १० अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासित पाँचवटा सीट भएपछि गठबन्धन दलले बोर्ड गठन गरेको छ। बोर्ड गठन प्रक्रिया अनुसार मिरिक पञ्चायत समितिका चेयरम्यान कैलास खवास अनि भाइस चेयरम्यान एलिना सुब्बा चयन भएका छन्। गठबन्धनले पन्चायत समितिको बोर्ड गठन गरेपछि उपस्थित मानिसहरूले खुशीयाली मनाउँदै पटेकाहरू पड्काए भने गोर्खाल्याण्डको मागमा गगनभेदी नाराहरू पनि लगाए।