‘मिशन अमृत सरोवर’ को प्रगतिमाथि समीक्षा बैठक

IMG_20220705_232341.jpg

पाकिम: आज जिल्ला प्रशासनिक केन्द्रमा ‘मिशन अमृत सरोवर’ को प्रगतिमाथि समीक्षा बैठक सम्पन्न भयो। उक्त सभा पाकिमका जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा सम्पन्न भएको थियो। पाकिम जिल्लामा विकास एवं कायाकल्पका लागि ३५ जल निकाय चिन्हित गरिएको छ। यस मध्ये ११ परियोजना १५ अगस्त, २०२२ सम्ममा पूरा हुने बताइएको छ।
बैठकमा पाकिमका एडीसी, रंगेलीका एसडीएम, पाकिम जिल्लाका बीडीओहरू र एनएचआईडीसीएलका जीएम उपस्थित थिए। अमृत सरोवर अभियान भविष्यका लागि जल संरक्षण गर्ने उद्देश्यका साथ २४ अप्रेल, २०२२ मा शुरू गरिएको थियो। यस अभियान अन्तर्गत आजादीको अमृत महोत्सव समारोहको भागको रूपमा देशको प्रत्येक जिल्लामा ७५ जल निकायको विकास एवं कायाकल्प गर्ने लक्ष्य लिइएको छ।

About Author

Advertisement