सुकेपोखरी: जोरबोङलो सुकेपोखरी खण्ड बिकास अन्तर्गत पञ्चायत समिति अनि पुलुङदुङ ग्राम पञ्चायतमा बोर्ड गठन गरेका छन्। जोरबङलो सुकेपोखरी पञ्चायत समितिको सभापति सोना डोमा वाङदी डुक्पा अनि उप सभापति मनखुश राईलाई बहुमतले चयन गरेका छन् भने सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत पुलुङदुङ ग्राम पञ्चायतको प्रधान रोमन शेर्पा अनि उप-प्रधान सुष्मा राई चयन गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले समिति अनि पुलुङदुङ ग्राम पञ्चायतमा आफ्नो दखल गरेका छन्। पुलुङदुङ ग्राम पञ्चायतको सात वटा आसनमा छ वटा आसन जितेर बिजय बनेका छन्।