नाबालिका तस्करी गर्ने प्रयास गरेको आरोपमा सिभिक भोलेन्टियरको स्वास्नी सहित अन्य पक्राउ

IMG-20230528-WA0320-5-300x172-5

सिलगढी: नाबालिका तस्करी गर्ने प्रयास गरेको आरोपमा सिभिक भोलेन्टियरको स्वास्नीलाई पक्राउ गरेको छ। यसको साथै सिलगढी जङ्क्सन थानाले नाबालिका तस्करीको आरोपमा अझ केही आरोपीलाई पक्राउ गरेको छ। सिलगढीको ४ नम्बर वार्ड निवासी २ जना नाबालिकालाई दिल्लीमा तस्करी गर्ने योजना रहेको थियो। सिलगढी जङ्क्सन डीआरपीमा अभियोग दर्ता गरेपछि पुलिसले मोहम्मद नासिरूद्दीन र साहेदा अन्सारीलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीहरूसित सोधखोज गरेपछि आज २ जना नाबालिकालाई एनजेपीबाट उद्धार गरेको छ भने घटनामा अझ ३ जना महिलालाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरू ४ नम्बर वार्ड निवासी सुहाना अन्सारी, जरिना बेगम र जयगुन निशा अन्सारी सामेल छन् भने तीमध्ये जयगुन निशा सिभिक भोलेन्टियरको स्वास्नी हुन्। उक्त सिभिक भोलेन्टियर सिलगढी कमिश्नरेटमा कार्यरत छन्। पक्रा परेका ३ जना महिलालाई भोलि शनिबार सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement