खरसाङको चिमनी देवराली ग्राम पञ्चायतमा हाम्रो पार्टीको बोर्ड गठन

IMG-20230811-WA0355.jpg

रूपियाँ पैसादेखि लिएर मानसिक तनाव समेत दिए तर हामी डटेर बस्यौं: विमल तामाङ

दार्जीलिङ: खरसाङको देवराली ग्राम पञ्चायतको बोर्ड हाम्रो पार्टीले गठन गरेको बताइएको छ।खरसाङ महकुमा क्षेत्रमा १४ वटा ग्राम पञ्चायतहरू रहेका छन्।जसमा चिमनी देवराली ग्राम पञ्चायतको बोर्ड हाम्रो पार्टीले आज गठन गरेको छ। बोर्ड गठनपछि हाम्रो पार्टीको वरिष्ठ कार्यकर्ता एंव चिमनी देवराली ग्राम पञ्चायतको नव निर्वाचित प्रधान विमल तामाङले चिमनी देवराली ग्राम पञ्चायतमा बोर्ड गठन गर्न हामीलाई धेरै प्रकारको कठिनाई र बाधाहरू दिने काम गरेको थियो। हामीलाई रूपियाँ पैसाको प्रलोभनहरू पनि देखाएको थियो। मानसिक दवाब आदि जस्ता दिने कार्यहरू भएको थियो जसको कारणले गर्दा आफुहरू चार दिन भूमिगत समेत हुन परेको तामाङले बताए।हामीमाथि भएको यस्तो परिस्थितिमा हाम्रो पार्टीको केन्द्रीय नेतृत्वहरूदेखि लिएर खरसाङ महकुमा समिति समेतले सहयोग पूराए जसको फलस्वरूप आज हामी बोर्ड गठन गर्न सक्षम भएका छौं तामाङले भने। उनले अघि भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफुहरूलाई मानसिक दवाब आदि जस्ता दिने कार्यहरू गरेको तिनले बताए। जल जीवन मिशनको कार्यमा जनताको गुनासोहरूमा आफु पनि सरिक हुँदा आफु विरूद्व मामला दर्ता गरेको तिनले बताए। पुलिस प्रशासनले पनि आफु विरूद्व दबाव सृजना गरेको अनि यस विषयबारे पुलिस कहाँ जाँदा उनले यस विषयबारे कुरा गर्न छोडेर अन्य विषयमाथि नै कुराकानी गर्ने गरेको तामाङले आरोप लगाए। उनले अझ भने, आफुलाई पिन्टेल भिलेससम्म पूराएको अनि आफुले त्यहाँ पनि अनित थापासँग कूराकानी गरेको तामाङले खुलासा गरेका छन्। चुनाव मैले एक्लैले जितेको होइन,जनताले जिताएको हो।हिज हाम्रो पार्टीको केन्द्रीय नेतृत्वहरूले पार्टीको उकिल लगाएर आफुलाई जमानतमा रिहा गराए अनि आज हामीले चिमनी देवराली ग्राम पञ्चायतमा हाम्रो पार्टीको बोर्ड गठन गर्न सफल भएको तामाङले दोहोराए।एक प्रश्नको जवाफमा तामाङले भने पिन्टेल भिलेसबाट बाहिर निस्कनलाई आफुले अनित थापालाई जनतासंग कुरा गर्छु भनेको थिए। मलाई थाहा थियो चिमनी देवरालीको जनताले भागोप्रमोलाई कदापी स्वीकार गर्दैन भन्ने त्यसैले मैले त्यो हत्काण्ड अप्नाएको हो। चिमनी देवराली भनेको हाम्रो पार्टीको किल्ला हो अनि यो कुरा सबैलाई स्पष्टसँग थाहा छ विमल तामाङले भने। चिम्ली देवराली ग्राम पञ्चायतमा हाम्रो पार्टीले विमल तामाङलाई प्रधान अनि अनुपम सुब्बालाई उप प्रधान चयन गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement