तामसाङ परमागढी ग्राम पञ्चायतमा निर्दलीय सदस्यहरूद्वारा बोर्ड गठन

IMG-20230811-WA0352.jpg

दार्जीलिङ: तामसाङ परमागढी ग्राम पञ्चायतमा निर्दलीय निर्वाचित सदस्यहरूले बोर्ड गठन गरेका छन्। सातवटा आशन रहेको तामसाङ परमागढी ग्राम पञ्चायतमा आज निर्दलीय निर्वाचित सदस्यहरूले बोर्ड गठन गरेको छ। यस ग्राम पञ्चायतमा निर्वाचित सदस्यहरूले जूना राईलाई प्रधान अनि प्रमुका राईलाई उप प्रधान चयन गरेका छन्। परमागढी रामजीबाट प्रमुका राई निर्वाचित भएकी हुन्। तामसाङ परमागढी ग्राम पञ्चायत क्षेत्रमा पर्ने गाउँहरूलाई राजनैतिक भेदभाव हुँदै आएको क्षेत्रहरू रहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।निर्वाचित निर्दलीय सदस्यहरूले हामी चुनावी मैदानमा जसरी स्वतन्त्र भएका ओर्लिएका थियौं त्यसरी नै स्वतन्त्र भएर हामी जनताको सेवा गर्ने छौं भन्ने उनीहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement