ब्रदरहूड एफसी, जेभीसी सिंगताम र पाक्योंग जिल्ला पुलिस सेमिफाइनलमा

IMG-20230811-WA0348.jpg

११ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार तीनवटा क्वार्टर फाइनल म्याच रहेको थियो। सेण्ट जेभियर्स स्कूल मैदान, पाक्योंगमा आज पहिलो म्याचको निम्ति पाक्योंग युनाइटेड स्पोर्टिंग क्लबको टीम नआउँदा ब्रदरहूड फूटबल क्लबले वक्ओभर पाएर सेमिफाइनलमा स्थान बनायो।

यसरी दोस्रो म्याचमा गत सीजनको च्याम्पियन जेभीसी सिंगतामले मुनाल फूटबल क्लब, कलकत्तालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका खेलाड़ी जूनियरलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले म्याचमा १ गोल गरे। दिनको तेस्रो तथा अन्तिम क्वार्टर फाइनलमा पाक्योंग जिल्ला पुलिसले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीलाई ७-१-ले पिट्यो। विजेता टीमका नोर्देन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले ह्याट्रिक गरे।

यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ अगस्तमा खेलिनेछ । यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement