११ अगस्तः कालेबुङ स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा शुक्रवार स्थानीय मेला ग्राउण्डमा चौथो क्वार्टर फाइनल खेलियो। आजको म्याचमा कालेबुङ पुलिसले नेपाल पुलिसलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रणीत सुन्दासले दशौं मिनटमा पेनल्टीबाट गोल गरी खाता खोले। त्यसपछि उज्ज्वल राईले ४१औं मिनटमा गोल गरी नेपाल पुलिसलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा अनिमेश गुरुङले ८२औं मिनटमा गोल गरी कालेबुङ पुलिसलाई जीत दिलाए।

यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। अब शनिवार खेलिने पहिलो सेमिफाइनलमा गत सीजनको विजेता दार्जीलिङ पुलिस र युनाइटेड ब्रदर्सबीच भिड़न्त हुनेछ। फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









