११ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। मल्ली खेल मैदानमा शुक्रवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा सिलगढ़ी युनाइटेडले सिक्किम बोइजलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमका तुषार विश्वकर्मालाई प्लेयर अव् द म्याच चयन गरियो, जसले टीमको निम्ति ह्याट्रिक गरे । यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजन समितिले खेलको ग्रास रुट लेवलबाट विकास गर्ने लक्ष्य लिएर अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको पनि आयोजन गरेको आयोजक आईडीसीसी मल्लीका खेल सचिव राज प्रधानले बताएका छन्।








