प्रचण्ड गर्मीलाई ध्यानमा राखेर पंखा प्रदान

IMG_20220517_223258.jpg

नाम्ची। प्रचण्ड गर्मीलाई ध्यानमा राखेर पंखा प्रदान गर्ने काम भइरहेको छ। दक्षिण सिक्किमअन्तर्गत कम्पाउण्ड माझीटार सरकारी प्राथमिक पाठशालामा पंखा नभएको कारण हाल बढ्दै गइरहेको गर्मीलाई ध्यानमा राखेर वितरण गरिएको हो। पंखा प्रदान गर्नेहरूमा यस पाठशालाका प्रबन्धन समितिका अध्यक्ष कुमार लिम्बू, वार्ड पञ्चायत सदस्या पूर्णिमा राई, मुस्कान युवा संघ कम्पाउण्डका अध्यक्ष बलदीप राई र अभिभावकगणमा पूर्णमान लिम्बू, कमला तामाङ अनि आनन्द राई रहेका छन्। पाठशालाका सबै कक्षाहरुमा पंखा जडान गर्नुका साथै चाहिने अन्य सामग्रीहरू उपलब्ध गराएर पाठशालाका शिक्षक-शिक्षिकागण र विद्यार्थी नानीहरुलाई राहत पुऱ्याउने कार्य गरिएको छ। यस क्रममा पंखा जडान गर्न इलेक्ट्रीशियन सन्तकुमार राई र उनका सहयोगी सुकराज छेत्रीले श्रमदानको रुपमा सेवा दिएका छन्।
यस महान सामाजिक सेवाको कदर गर्दै प्रधानाध्यापक गोविन्द लोहागण, शिक्षकगण तथा विद्यार्थीवर्गले आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement