जीबी थापा मेमोरियल अन्तर स्कूल क्विज प्रतियोगितामा रंगबुल जुनियर बेसिक स्कूल च्याम्पियन

IMG-20230811-WA0339.jpg

सोनादा: सोनादा क्षेत्रका विभिन्न स्कूलहरूलाई लिएर जीबी मेमोरियल क्विज प्रतियोगिता सम्पन्न भएको छ। सोनादाको स्कट मिशन जुनियर बेसिक स्कूलको आयोजनामा सोनादाको न्यु लाइट क्लब हलमा सम्पन्न उक्त क्विज प्रतियोगितामा सम्पन्न जीबी थापा मेमोरियल क्विज प्रतियोगितामा सोनादा क्षेत्रका जम्मा १५ वटा स्कूलहरूले भाग लिएका थिए। उक्त कार्यक्रम सुरेन राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने मुख्य अतिथिको रूपमा डा जीवन नामदुङ उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा एम पथिक, वीणा थापा, केबी मुखिया, आईके गुरुङ, एलएम छेत्री, थेलेन लामा आदि पनि उपस्थित रहेका थिए।
उक्त क्विज प्रतियोगिता नक आउट तरिकाले सञ्चालन गरिएको थियो भने छ वटा स्कूलहरू अन्तिम छमा छनौट गरिएको थियो। उक्त क्विज प्रतियोगितालाई क्विज मास्टर विवेक मिश्रले सञ्चालन गरेका थिए। यस क्विजमा विभिन्न राउण्डहरू जस्तै-अडियो राउण्ड, रेपिड फायर राउण्ड पनि समावेस गरिएको थियो। यस कार्यक्रममा वरिष्ठ साहित्यकार एंव साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिको पूर्व संयोजक डा. जीवन नामदुङ उपस्थित रहेका थिए। उनले स्व जीबी थापाको विषयमा विस्तृत रूपमा जानकारी गराएका थिए। उनले स्व जीबी थापाको विभिन्न पक्षहरू विषयमा जानकारी गराएका थिए। डा. नामदुङले स्व जीबी थापाको स्मृतिमा राखिएको यस्तो राम्रो र विद्यार्थीहरूका लागि उपयोगी कार्यक्रम आयोजनाको लागि प्रशंसा गरेका छन्। यस जीबी थापा मेमोरियल क्विज प्रतियोगिताको फाइनलमा रंगबुल जुनियर बेसिक स्कूलले जितेर च्याम्पियन बनेका छन्। स्कूलका नानीहरूले असल बुध्दिको साथमा राम्रो टिम प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल बनेका छन्। उनीहरूको राम्रो प्रदर्शनले स्कूललाई च्याम्पियन बनाएका छन्।

त्यसरी नै धोत्रिया मुन्शी गाउँ प्राथमिक पाठशाला उप विजेता बनेका छन्। जीबी थापा मेमोरियल क्विज प्रचियोगिताले केवल विद्यार्थीहरूलाई साधारण ज्ञानको शिक्षा मात्र नदिएक स्व जीबी थापालाई राम्रोसितले श्रध्दाञ्जली अर्पण गरिएको बताइएको छ। यस्तो प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षासितै चौतर्फी ज्ञान आर्जन गर्नलाई सहयोग गर्ने देखिएको छ। यस कार्यक्रमलाई रसिक छेत्रीले सञ्चालन गरेका थिए। यस कार्यक्रममा स्व जीबी थापाको विषयमा जानकारीमूलक डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो। यस जीबी थापा मेमोरियल क्विज प्रतियोगिता कार्यक्रम विषयमा प्रधान अध्यापक मेगनमणि थापाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *