मणिपुर मुद्दाबारे प्रधानमन्त्रीमाथि राहुल गान्धीको गम्भीर आरोप

00-1-Rahul-Gandhi-1-1

नयाँ दिल्ली: मणिपुरमा भएको हिंसाको मुद्दामा कांग्रेस सांसद राहुल गान्धीले शुक्रबार पत्रकार सम्मेलन गरेर कडा प्रतिक्रिया जनाएका छन्। बिहीबार संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनमा आलोचना गर्दै उनले प्रधानमन्त्रीले मणिपुरमा आगो लगाउन होइन जलाउन चाहेको बताएका छन्। प्रधानमन्त्रीको भाषणको सन्दर्भमा उनले यस गम्भीर विषयमा सदनमा हाँसेर उडाएको राहुल गान्धीले बताए। राहुल गान्धीले महिनौंदेखि मणिपुर जलिरहेको बताए। उनले भने, ‘महिलाहरू, छोरीहरु बलात्कृत भइरहेका छन्। प्रधानमन्त्रीले हिजो संसदमा २ घण्टा १३ मिनेटको सम्बोधन गरे। जसको अन्त्यमा उनले मणिपुरमा २ मिनेट बोलेl’ उनले भने, ‘सेनाका कर्मचारीहरूले मणिपुरमा दुई दिनमा हिंसा रोक्न सक्छ तर प्रधानमन्त्रीलाई मणिपुर जलाउनु थियो र त्यहाँ आगो निभाउन चाहँदैनन्l’ १९ वर्षको अनुभवमा मणिपुरमा जे देखे र सुनेका थिए, त्यो पहिले कहिल्यै नदेखेको उनले बताए। प्रधानमन्त्रीले मणिपुर भ्रमण गर्नुपर्ने पनि उनले बताए।

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement