दावा दोर्जेले आफ्नै पार्टीमा रहेर भागोप्रमोको बोर्डलाई मात्र सहयोग गरेको क्षेत्रीय सभासदको स्पष्टीकरण

IMG-20230811-WA0329.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टीको घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई बोर्ड गठन गर्नलाई स्वतन्त्र सदस्य दावा दोर्जेले सहयोग गरेका छन्। तर उनी भागोप्रमोमा सामेल नभएर आफ्नै पार्टीमा नै बसेर भागोप्रमोको बोर्ड गठनमा सहयोग मात्र गरेको बताइएको छ। तर सोसियल मिडिया र हिमालय दर्पणमा सामेल भएको खबर आएपछि तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले त्यस कुरालाई सच्चाउन मिडियामा आएर बयान दिएका छन्। तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा भागोप्रमोको बोर्ड बनाउन स्वतन्त्र प्रार्थी दावा दोर्जेले सहयोग गरेका हुन् तर उनी भागोप्रमोमा सामेल नभएर आफ्नै पार्टीमा रहेर केवल बेर्ड गठन गर्नलाई सहयोग गरेका हुन् भनी बताएका छन्। उनले बोर्ड गठन गर्न सहयोग गरेकोमा दोवा दोर्जेलाई भागोप्रमो पार्टी र क्षेत्रीय सभासदको नातामा धन्यवाद दिएका छन्। सभासद छेत्रीले दावा दोर्जे विषयमा जुन खबर आएको छ त्यसको पनि संसोधन गरेका छन्। उनले दावा दोर्जे पार्टीमा सामेल भएको होइन तर आफ्नै पार्टीमा रहेर भागोप्रमोको बोर्डलाई समर्थन गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement