अप्पर दुई नम्बर बस्तीमा ताराबहादुर प्रधानको घर पैह्रोको चपेटमा

IMG-20230811-WA0325.jpg

खरसाङ: तीनधारे महानदी समष्टी अन्तर्गत तीनधारेदेखि केही मुनि अप्पर दुई नम्बर बस्तीमा ताराबहादुर प्रधानको घर पैह्रोको चपेटमा परेको छ। पैह्रोको चपेटमा परेर ताराबहादुर प्रधानको घरभित्रबाट नै पैह्रो गएको छ।

घरको भित्ता, भित्र र बाहिरपट्टि पैह्रोले सबै भत्केको छ। पैह्रोको चपेटमा परेर ताराबहादुर प्रधान र परिवार बस्न नसक्ने अवस्थामा छ। उक्त पैह्रोको निरीक्षण गर्नलाई तीनधारे महानदी समष्टीके सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायतको उप प्रधान रञ्जित थापा साथै पञ्चायत समिति सदस्य साजन दर्जी अप्पर दुई नम्बर पुगेका थिए।

तीनैजनाले ताराबहादुर प्रधानको पैह्रोले प्रभावित घरको निरीक्षण गरेर पञ्चायतबाट तारपोलिन ल्याएर छोप्ने कार्य गरिएको छ। क्षेत्रीय सभासद नवराज छेत्री, समिति सदस्य साजन दर्जी र पञ्चायत सदस्य रञ्जित थापाले निरीक्षण गरेपछि अप्पर दुई नम्बर बस्ती निवासी पैह्रो पिढीत ताराबहादुर प्रधानको परिवारलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

About Author

Advertisement