सिलगढी: लगभग २५ वटा आधार कार्ड सिलगढीको ३३ नम्बर वार्डको मैला फ्याक्ने ठाउँबाट उद्धार गरेको छ। उक्त आधार कार्ड फोहोर मैला सफा गर्ने क्रममा उद्धार गरेको थियो। सो आधार कार्ड सबै असम जिल्लाको रहेको थियो। उक्त कार्ड भेट्टाएपछि तिनीहरूले सोझै वार्ड कार्यालयमा लगेर बुझाए। टिङ्कु महाजन नामक व्यक्तिले उद्धार गरेको सो आधार कार्डहरू जम्मै असमको हो। यस विषयमा एनजेपी थानामा लिखित रुपमा सूचना दिँदै सबै भेट्टाएका आधार कार्डहरू पनि पुलिसलाई जिम्मा दिइएको छ।