महानदी ग्राम पञ्चायतमा बोर्ड गठन अनि शपथ ग्रहण

IMG-20230811-WA0315.jpg

पासाङ शेर्पा पञ्चायत प्रधान अनि सोनिका तामाङ उप प्रधान चयन

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा आधिकारिक रूपमा बोर्ड गठन र शपथ ग्रहण समारोह सम्पन्न भएको छ। महानदी ग्राम पञ्चायतमा रहेको ७ वटा सिटहरूमध्ये ५ वटा सिटमा जीत हाँसिल गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गरेको छ। महानदी ग्राम पञ्चायतमा पञ्चायत प्रधानको रूपमा पासाङ शेर्पा र उप प्रधानको रूपमा सोनिका तामाङले शपथ ग्रहण गरेका छन्। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पञ्चायत सदस्यहरू क्रमैले राजीव तामाङ, सुदेशना लेप्चा र जुना छेत्रीले पनि शपथ ग्रहण गरेका छन्। त्यसरी नै एकजना निर्दलीय सदस्य सरजित दर्नाल र भारतीय जनता पार्टीको रञ्जना छेत्रीले पनि शपथ ग्रहण गरेका छन्।

महानदी ग्राम पञ्चायतमा शपथ ग्रहण समारोहको अध्यक्षता बीसीडब्ल्यु सुजता योञ्जनले गरेका थिए भने एलडीसी बिना छेत्री पनि उपस्थित रहेका थिए। शपथ ग्रहणपछि बाहिर आएर पत्रकारहरूसित कुराकानी नव नियुक्त पञ्चायत प्रधान पासाङ शेर्पाले जनताले जिताएर मलाई यहाँ पुराएको छ अनि पञ्चायत प्रधानको रूपमा पार्टीले मलाई राखेको छ र अब म जनताको लागि काम गर्नेछु भनी बताए। त्यसरी नै महानदी ग्राम पञ्चायतको उप प्रधान सोनिका तामाङले उप प्रधानको रूपमा आफुलाई पार्टीले राखेकोमा सबैप्रति धन्यवाद दिएकी छन्।

यस अवसरमा सभासद प्रणाम रसाईली, तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टीको सभापति राजीव थापा आदि उपस्थित भएर सबैलाई खदार्पणसहित बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement