गैर एसटीले एसटी प्रमाणपत्र बनाएर भोट लड़ेकोमा ज्ञापन

f58c034d-590d-405b-a17e-f59b4edb8241

कालचिनीः गारोपाड़ा अञ्चलका उराँव, सन्थाली, मुन्डा लगायत अन्यान्य आदिवासी एसटी प्रतिनिधिहरूले गारोपाड़ा अञ्चलका तृणमूल सभापति घुरन महलीको पत्नी कमला सिंह राजपूतले कमला महली भनेर एसटी प्रमाणपत्र बनाएर पञ्चायत भोटमा उभिएकी र कमला सिंह राजपूत एसटी नभएर जेनेरल वर्गमा पर्ने महिला रहेको आरोप लगाउँदै शुक्रबार कालचिनी बीडीओ समक्ष ज्ञापन सुम्पिएको सो ज्ञापन चढ़ाउन आईपुगेका धर्मपाल केरकेट्टा र कविता केरकेट्टाले जनाएका छन्।
धर्मपाल केरकेट्टा र तिनको पत्नी कविता केरकेट्टा भाजपा नेतृत्व भएता पनि उनीहरूले उराँव, सन्थाली, मुन्डा र अन्यान्य एसटी प्रतिनिधिहरूको समर्थनमा तृणमूल नेता घुरन महलीको पत्नी कमला सिंह राजपूत गैर एसटी महिला रहेकी र तिनले प्रशासनलाई छल गरेर एसटी प्रमाणपत्र बनाएको विरुद्ध कार्रवाई हुन पर्ने र दैलोमा सरकार शिविमा यसरी धेरै गैर एसटीहरूले एसटी प्रमाणपत्र आवेदन गरेर एसटी बनेको पनि आरोप धर्मपाल केरकेट्टाले लगाएको छ। यस विरुद्ध तिनले अदालतमा पनि मुद्दा हालेको बताउँदै यसरी गैर एसटीहरूले एसटी प्रमाणपत्र बनाएर एसटी प्रतिनिधिहरूको अधिकार हत्याउन खोजेकोले यो एउटा गम्भीर अपराध हो र यस विरुद्ध एसटी मोर्चाले आन्दोलन चलाउने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement