गान्तोकः मानेबुङ देन्ताम समष्टीस्तरीय समितिको पहलमा आयोजित ७७औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित नक आउट फुटबल प्रतियोगितामा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।
मन्त्री नेपालसँग सूचना एवम जनसम्पर्क विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, स्याबकोका अध्यक्ष जेबी सुब्बा लगायत अन्यहरूले पनि उपस्थिति जनाएका थिए। आजको पहिलो खेल हि- साङखु बना ग्यातेन कर्मचारबीच सम्पन्न भएको थियो भने दोस्रो खेल अल्पाइन एफसी बनाम गिताङ स्पोर्टिङ क्लबबिच भएको थियो।









