कोलकाताः पश्चिम बंगालका वयोवृद्ध परमाणु वैज्ञानिक विकास सिन्हाको निधनमा मुख्यमन्त्री ममता ब्यानर्जीले शोक व्यक्त गरेकी छन्। शुक्रवार दिउँसो उनले ट्वीटरमा लेखिन्- महान वैज्ञानिक विकास सिन्हाको असामयिक निधनबारे सुनेर दुःख लागेको छ। बंगालका एक शानदार छोरा, यस प्रतिभाशाली परमाणु भौतिक विज्ञानीले न केवल ज्ञानको संसारमा तर सार्वजनिक जीवनमा पनि आफ्नो योगदानले हामीलाई गौरवान्वित गरे। हामीले उनलाई २०२२ मा आफ्नो सर्वोच्च राज्य पुरस्कार ”बंगबिभूषण” प्रदान गरेका थियौं र मंचमा उनको व्यक्तिगत उपस्थितिले हामीलाई प्रेरित गऱ्यो। हामीले उनलाई २०२२ मा ”रवीन्द्र स्मृति पुरस्कार” पनि प्रदान गरिसकेका छौं।
म उनको परिवार, साथीहरू, छात्रहरू र प्रशंसकहरूप्रति आफ्नो हार्दिक समवेदना व्यक्त गर्दछु। उल्लेख्य, सिन्हाले कोलकाताको एक प्राइवेट अस्पतालमा अन्तिम सास लिए। उनको आयु ७८ वर्ष थियो।
-हिस











