कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको निकटवर्ती हावड़ा जिल्लामा अलग-अलग दुर्घटनाहरूमा दुई जनाको मृत्यु भएको छ। यस बाहेक अन्य धेरै घाइते भएका छन्। पुलिस सूत्रहरू अनुसार, बिहिवार अबेर राति डोमजुरको पार्वतीपुर क्षेत्रमा एक युवकले दुई साथीलाई पछि बसाएर मोटरसाइकल कुदाइरहेको थियो। तीव्र रफ्तार भएको कारण अनियन्त्रित भएर बाइक छेउको एउटा रूखसित ठोकियो।
दुर्घटना यति भीषण थियो कि रूखसित ठोकिएपछि मोटरसाइकलको इन्जिन, चक्का र अन्य हिस्साहरू टाढ़ा गएर छर्रिए। घटनास्थलमै २५ वर्षीय शन्तु मल्लिकको मृत्यु भयो। उसले सुनको आभूषण डिजाइन गर्ने काम गर्थ्यो। घटनामा उसका दुई साथी जो पछाड़ीको सीटमा बसेका थिए, उनीहरू गम्भीर रूपमा घाइते भए, जसलाई अस्पतालमा भर्ती गराइएको छ।
अर्कोतिर, शुक्रवार बिहानको समय डोमजूरको पाकुड़िया ब्रिज नजिक एक तीव्र रफ्तार ट्रकले छेउबाट गइरहेको बाइकलाई हिर्कायो। घटनास्थलमै बाइक चालक ४५ वर्षीय कृष्ण मण्डलको मृत्यु भयो। उनी रेलवेमा ट्रेनको चालक थिए। जानकारी अनुसार, सन्तरागाछी स्टेशनमा काम समाप्त गरेपछि उनी बाइकमा बेलघड़िया स्थित आफ्नो घऱ फर्किरहेका थिए, तब ट्रकले उनलाई कुल्च्यो। घटनापछि घातक ट्रक चालक भाग्नमा सफल रह्यो। उसको खोज जारी छ।
-हिस











