महिला हत्याकाण्डमा दुइजना आरोपी पक्राउ

Jail-Sentence-copy

मिरिक: मिरिक ओकाइटी चियाकमानको महिलाको हत्याकाण्डमा पुलिसले दुइजना आरोपीलाई पक्राउ गरेको छ। आरोपीहरू गोबिन्द लखोटिया र अविनाश छेत्री रहेका छन्। दार्जीलिङ जिल्लाका एडिसनल एसपी मनोरन्जन दासले उक्त कुरोको पुष्टि गरेका छन्। लेनदेनको विषयको कारण नै महिलाको हत्या गरिएको थियो। मृतक महिला तारा छेत्रीलाई हत्या गर्ने आरोपीहरुलाई कडा भन्दा कडा सजाय दिन पर्ने मांग गर्दै मिरिक ओकाइटीका स्थानीयवासीहरूले विक्षोभ प्रदर्शन गरेका छन्। आज बिहानैदेखि स्थानीय मानिसहरू भेला भएर घटनाको प्रतिवाद जनाए।

About Author

Advertisement