ट्रक र टोटो ठोक्किँदा ४ जना घाइते

IMG_20220705_215808.png

सिलगढी: ट्रक र टोटो आपस्तमा ठोक्किँदा ४ जना घाइते भएका छन्। उक्त घटना बारीभाषा भीआईपी रोडमा भएको हो। प्राप्त जानकारीअनुसार एउटा टोटो यात्री बोकेर जाबरभिटाबाट ठाकुरनगरतर्फ गइरहेको समय एउटा ट्रकले धक्का दिँदा सडकबीचमा टोटो पल्टिँदा ४ जना यात्रु घाइते भएका छन्।
स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूंलाई उद्धार गरियो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस र डाबग्राम फुलबारी ब्लक सभापति सागर महन्त घटनास्थलमा पुगेर स्थानीय मानिसहरूसित कुराकानी गरेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ। यस सम्बन्धमा ब्लक सभापति सागर महन्तले भने, यो सडक महत्वपूर्ण सडक हो। उक्त सडक भएर धेरै संख्यामा वाहनहरू चलाचल गर्ने गर्दछ। यस विषयमा एसजेडीएलाई अवगत गराएको तिनले बताए।

About Author

Advertisement