सिलगढी: पुलिस थानाबाट केही दूरीमा रहेको काली मन्दिरमा भएको अनौठो चोरीले पूरै इलाकामा हलचल मच्चाएको छ। घटना खोरीबारी बजार नजिकै रहेको सबुज संघ क्लबको काली मन्दिरमा भएको हो। शुक्रबार बिहान मन्दिरमा पूजा गर्न आएका पुजारीले मुकुट र सुनका गहना हराइरहेको देखे। खबर पाएलगत्तै क्लबका पदाधिकारी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। केही महिनादेखि खोरीबारी क्षेत्रका विभिन्न मन्दिरमा चोरीका घटना भइरहेका छन्। क्लबका सदस्य बिट्टु जसवालले यसअघि लागुऔषध दुव्र्यसनी नहुँदा यस क्षेत्रमा चोरीका घटना नहुने भए पनि अहिले लागुऔषध दुव्र्यसनीको संख्या बढेको बताए। जसका कारण यस क्षेत्रमा चोरीका घटना भइरहेका छन्। तर खोरीबारी पुलिस थानाले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।











