नयाँ दिल्लीः केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रवार आईपीसी, सीआरपीसी औ साक्ष्य अधिनियममा फेरबदलसित सम्बन्धित तीनवटा विधेयक लोकसभामा पेश गरे।लोकसभामा दुई पटक स्थगित भएपछि अपरान्ह १२ः३० बजेदेखि पुनः आरम्भ भएको कारबाहीमा गृहमन्त्रीद्वारा तीनवटा विधेयक भारतीय न्याय संहिता- २०२३, भारतीय नागरिक सुरक्षा संहिता विधेयक- २०२३ र भारतीय साक्ष्य विधेयक-२०२३ पेश गरियो।
यसपूर्व केन्द्रिय वस्तु एवं सेवा कर (संशोधन) विधेयक- २०२३ तथा एकीकृत वस्तु एवं सेवा कर (संशोधन) विधेयक- २०२३ पेश गरियो। वित्तमन्त्रीले विपक्षको खैलाबैलाबीच यी विधेयकहरूलाई पेश गरिन्। त्यसपछि कारबाही अपरान्ह १२ः३० बजेसम्मको लागि स्थगित गरियो। पछि सदनले दुवै विधेयकलाई पारित गरिदियो। त्यसपछि पनि फेरि सदनको कारबाही १ः३० बजेसम्मको लागि स्थगित गरियो।
-हिस









