खेलाड़ीहरूले दुनियाँमा भारतको गौरव बढ़ाइरहेका छन्: नित्यानन्द राय

nat-3

नयाँ दिल्लीः केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द रायले भने, हाम्रा खेलाड़ीहरूले सारा दुनियाँमा देशको गौरवलाई बढ़ाइरहेका छन्। केन्द्र सरकारले यी खेलाड़ीहरूलाई हरसम्भव अवसर र सुविधा दिलाउने काम गरिरहेको छ।

रायले शुक्रवार विज्ञान भवनमा आयोजित क्यानडाबाट २०औं विश्व पुलिस एवं फायर खेल-२०२३ मा भाग लिएर फर्केको भारतीय पुलिस दलको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भने, विश्व पुलिस एवं फायर खेल- २०२३ मा हाम्रा सुरक्षा बलहरूका जवानहरूले देशको मान बढ़ाएका छन्। क्यानडा गएका १३३ खेलाड़ीहरू ३४१ पदक लिएर फर्केका छन्। सबै नै बधाईका पात्र छन्।

उल्लेखनीय छ, समारोहबीच पदक विजेताहरूको टीमलाई गृह राज्यमन्त्रीले सम्मान जनाए। यस अवसरमा गृहसचिव अजय कुमार भल्ला सहित अनेकौं गण्यमान्य व्यक्तित्वहरू उपस्थित थिए। गत २८ जुलाईदेखि ०६ अगस्तसम्म क्यानडामा आयोजित २०औं विश्व पुलिस एवं फायर खेल-२०२३ मा हाम्रा राज्य पुलिसका जवानहरू सहित केन्द्रिय बलका कुल १३३ जवानहरूले अंश ग्रहण गरेका थिए।

-हिस

About Author

Advertisement