बेगूसरायः बरौनी-कटिहार रेलखण्डमा बेगूसराय स्टेशन छेउ शुक्रवार रेल लाइन पार गर्ने क्रममा ट्रेनले काटिएर दुई महिलाको मृत्यु भयो। मृतक महिलाहरूको नाम गीता देवी र कुलो देवी बताइएको छ भने उनीहरू गाछी निवासी थिए।
गीता देवी र कुलो देवी शुक्रवार गंगा स्थान एवं पूजा अर्चनाको निम्ति मुंगेर जान घरबाट निक्लिएका थिए। शुक्रवार बिहान दुवै माल गोदाम छेउ प्लेटफर्म नम्बर एकबाट दुई नम्बरतिर गइरहेका थिए। यसावधि डाउन लाइनमा बरौनीबाट आइरहेको राजधानी एक्सप्रेसको चपेटमा आउॅंदा दुवैको मृत्यु भयो।
अर्कोतिर, घटनास्थलबाट मानिसहरूले कागजी प्रक्रिया पूरा नगरि शव घर पुऱ्याएको बताइएको छ। जीआरपी थानाध्यक्ष अखिलेश्वर शर्माले डाउन लाइनमा ट्रेनको चपेटमा परेर दुई महिलाको मृत्यु भएको जानकारी गराए। तर, घटनास्थलमा पुग्दा शव नभेटिएको उनले बताए।
-हिस









