बीएसएफद्वारा पाकिस्तानी घुसपैठी मारिए

nat-3

चण्डीगढ़ः बीएसएफले भारत-पाक सीमामा शुक्रवार संचालित एक अभियान अन्तर्गत भारतीय सीमामा प्रवेश गरेका पाकिस्तानी घुसपैठीलाई ढाल्यो। यस कारबाही पश्चात बीएसएफले पाकिस्तानी रेञ्जरहरूलाई सूचित गरिदिएको छ।

बीएसएफका जवानहरूले शुक्रवार बिहान तरनतारनको सीमावर्ती गाउँ थेहकलाँमा पेट्रोलिङ्ग गरिरहेका थिए। यसै अवधि काँड़े तारबाट छिरेर एक व्यक्तिले भारतीय सीमामा प्रवेश गर्ने प्रयास गऱ्यो। बीएसएफले ती पाकिस्तानी नागरिकलाई कैयौंपटक चेताउनी दियो, तथापि उ अगाड़ि बढ़िरह्यो। त्यसपछि बीएसएफले गोली चलायो जसमा उ मारियो।

मारिएको घुसपैठीको पहिचान हुन सकेको छैन। बीएसएफले शवलाई आफ्नो कब्जामा लिएर पाकिस्तानी रेञ्जरहरूलाई सूचित गरिदिएको छ। पाकिस्तानी रेञ्जरहरूको तर्फबाट कुनै सकारात्मक जवाफ प्राप्त भएको छैन। एक दिन प्रतीक्षा गरेपछि पाकिस्तानका वरिष्ठ अधिकारीहरूलाई यसबारे सूचित गरिनेछ। त्यसपछि अघिल्लो चरणको कारबाही गरिनेछ।

-हिस

About Author

Advertisement